स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी स्पोर्टिङ क्लब गोलधापले बाड्यो निशुल्क ३ हजार माक्स

हल्दिवारी स्पोर्टिङ क्लब गोलधापले नि : शुल्क माक्स बितरण तथा कोरना भाइरस सम्बन्धि सचेतता कार्यक्रम सम्पन्न गरेको छ।क्लबले गोलधाप बजारमा आज विश्व माझ फैलिएको कोरोना भाइरस सम्बन्धि जनचेतना कार्यक्रम तथा २ हजार भन्दा बढी सर्वसाधारणलाई बितरण गरेको थियोे ।

Advertisement

स्वास्थ चौकी गोलधापका प्रमुख याम प्रसाद नेउपानेको प्रमुख आतिथ्य तथा क्लब कि अध्यक्ष रेणुका राईको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि नेउपाने ,अध्यक्ष रेणुका राई, स्थानीय व्यवसायी निराजन दाहाल ,दिल केसार थापा ,भूषण झा ,सोमनाथ शिवाकोटी लगायतले कोरोना भाइरस तथा रोकथामका बारेमा मन्तव्य राख्नु भएको थियोे ।
यश अधि पनि क्लबले हल्दिवारी गाउँ पालिका भित्रका दुर्गा देवि प्रावी ,शान्ति प्रावी ,रामेश्वर प्रावी ,जनता प्रावी तथा ॐकारेस्वर सस्कृत विद्यापिठका विद्यार्थी ,शिक्षक ,कर्मचारीलाई करिव ७ सय माक्र्स बितरण गरेको क्लब कि अध्यक्ष रेणुका राईले बताएकी छ्न ।

कार्यक्रमको सहजीकरण नवीन माओले गरेका थिए भने माक्सको सहयोग रेणुका राई ,कुल बहादुर वान्तवा ,नवीन माओ ,सोमनाथ सिवाकोटी गुरुङले गरेको क्लबले जनाएको छ।अध्यक्ष राईले बताए अनुसार माक्स बितरण कार्यक्रम तथा जनचेतना मुलुक कार्यक्रम हल्दिवारी गाउँपालिका भित्र क्लबको आयोजना तथ विभिन्न सस्थाको सहकार्यना हुने छ।

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article