धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

चन्द्रगढी सेवा समाजद्वारा तीजको अवसरका विविध कार्यक्रम सम्पन्न

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजले तीजको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक गायन तथा नृत्य प्रतियोगिता लगायत कार्यक्रम सम्पन्न गरिएको हो ।

Advertisement

कार्यक्रममा महिलाहरूले संगिनी नृत्य तथा पुरूषहरूले बालन र खैंजडी नृत्य प्रस्तुत गरेका थिए भने आठ वटा समूह तथा व्यक्तिले गायन र नृत्यमा प्रतिष्पर्धा समेत गरेका थिए । प्रतिष्पर्धामा भद्रपुर जुनियर जेसीज समूह प्रथम, गरिमा कोइराला द्वितीय र मातृ भजन समूह भद्रपुर १० तृतीय भएका थिए । संस्थाकी बरिष्ठ उपाध्यक्ष देवीमाया अधिकारीले सञ्चालन गरेको कार्यक्रममा टोल विकास संस्थाको तर्फबाट उर्मिला सापकोटा, भद्रपुर जुनियर पेसीजका अध्यक्ष आरोग्य तिम्सेना लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको स्वागत उपाध्यक्ष पुष्पा घिमिरेले गरेकी थिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article