हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कोरोना :५० प्रतिशत कैद कटाएकाको कैदीबन्दीको सजाय मिनहा !

काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि ५० प्रतिशत जेल सजाय भुक्तान गरेकाहरुको कैद कट्टाका लागि प्रकृया अगाडि बढेको छ।

Advertisement

कोरोनाको संक्रमण देखिए जोखिमपूर्ण क्षेत्रका रुपमा रहेको कारागारमा थुनिएकाबारेमा बिहीबार सरोकारवालासँग छलफल गर्दै महान्याधीवक्ताको कार्यालयले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र नकारात्मक सूचीमा नपर्ने कैदीलाई छाड्ने प्रकृया अगाडि बढाउन भनेको हो।

Advertisement

महान्याधीवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा भएको छलफलमा गृहसचिव केदारनाथ शर्मा, प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सर्वोच्चका मुख्य रजिस्टार, कानुनसचिव, कारागार विभाग, महिला तथा बालबालिका मन्त्रालका अधिकारी पनि सहभागी थिए।

छलफलमा कानुनी व्यवस्था अनुसार ५० प्रतिशत छुट र नकारात्मक सूचीमा नपर्ने कसुरका कैदी संख्या भए कारागार विभागसँग सरकारले प्रकृया थाल्न सक्ने निर्णय भएको महान्याधीवक्ताको कार्यालयका प्रवक्ता सहन्याधीवक्ता संजीवराज रेग्मीले जानकारी दिए । थाहाखबरबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)