हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

भद्रपुरमा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट सम्मान

अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट सम्मान

Advertisement

भद्रपुर । अन्तराष्ट्रिय साक्षरता दिवशको अवसर पारेर भद्रपुर नगर शिक्षा शाखाले उत्कृष्ट विद्यार्थी तथा सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको छ ।

Advertisement

नगर शिक्षा समितिका अध्यक्ष तथा नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा एसईई परीक्षा २०८० का उत्कृष्ट छात्र—छात्रा लाई एक एक थान ल्यापटप तथा आधारभूत तह उत्रीर्ण परीक्षा २०८० का प्रथम, द्वितीय र तृतीय हुने छात्र—छात्रालाई नगद १५०० सहित सम्मान गरिएको हो भने २०८०÷०८१ मा सेवा निवृत्त भएका शिक्षकलाई सम्मान गर्दै विदाई गरिएको थियो ।

उत्कृष्ट व्यवस्थापन समितिलाई समेत सम्मान गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख पवित्रा ढकाल दाहालले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेकी थिइन् भने सञ्चालन योगेन्द्र पौडेलले गरेका थिए । विभिन्न विद्यालयका विद्यार्थीद्वारा कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)