समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सेवा बन्द भए पनि सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदिख २१ गतेसम्म अत्यावश्यकीय बाहेकका सेवा बन्द हुने जनाए पनि सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने बताएका छन् । शुक्रबार साँझ देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानम्त्री ओलीले सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएर नियमित काम गर्नुपर्ने बताएका हुन् ।

Advertisement

प्रधानमन्त्रीले ओलीले सम्बोधनको क्रममा भनेका छन्( ‘विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ। तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भइ नियमित कामकाज गर्नुहुनेछ।’

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article