स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतलगाएत अन्यदेशमा रहेका कर्णालीबासीलाई १० दिनभित्र घर फर्कन अनुरोध

काठमाडौँ। विश्व माहामारीका रुपमा फैलिरहेको कोरोनाभाईरस (कोभिड १९०  )को सम्भावित जोखिमलाई नियन्त्रण गर्न कर्णाली प्रदेश सरकारले सम्पूर्ण प्रयास गर्ने भएको छ।

Advertisement

यसै सन्दर्भका बारेमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले शनिबार सामाजिक सञ्जाल मार्फत कोरोना ९कोभिड १९० लाई मध्यनजर गर्दै २०७६र१२र०९ गतेदेखि लागू हुनेगरि कर्णाली प्रदेश सरकारले नयाँ सूचना जारी गरेको बताएका छन्।

Advertisement

उनले लेखेका छन्, ‘भारत लगाएत विदेशमा रहेका कर्णालीबासीहरुलाई १० दिनभित्र आ:आफ्नो घर फर्कन अनुरोध गरिन्छ। फिर्ता भए पश्चात् १४ दिनसम्म व्यक्तिगत सुरक्षाका लागि प्रदेश सरकारद्वारा व्यवस्था गरिएको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्नुपर्नेछ।’

मन्त्री भण्डारीले अगाडि लेखेका छन्, राती १० बजेदेखि बिहान ५ बजेसम्म तोकिएका वाहेक अन्य निजि तथा भाडाका सवारी साधन कर्णाली प्रदेसभित्र चलाउन पाइने छैन्। यसबाट नागरिकहरूमा पर्न जाने असुबिधाका लागि प्रदेश सरकार क्षमाप्रार्थी छ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article