हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

झापामा मदरसा बोर्ड गठन

हल्दीबारी न्यूज़ डेस्क – पुर्वी  नेपालको झापा जिल्ला अन्तर्गत ऐतिहासिक झापा गाँउ पालिकामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बाल बालिकाहरुलाई इस्लामी शिक्षा सहित राष्ट्रिय शिक्षाको माध्यम बाट पठन पाठन गर्ने उद्देश्यले संचालन भई रहेका मदरसा लाई ब्यबस्थित गर्ने कार्य अगाडि बढ़ाएको छ ।

Advertisement

झापा गाँउ पालिकाले शिक्षा ऐन २०८० (२०२३)को परिच्छेद ६को दफा ३३को उप दफा २बमोजिम मदरसा बोर्ड गठम गरिएको पालिका कार्यवाहक  अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिनुभएको छ ।

Advertisement

गाँउ पालिका ब्दारा गठित मदरसा बोर्ड समितिको अध्यक्ष यासीन आलम रहेका छन भने समितिका अन्य सदस्यमा शेर महम्मद अली,साजेमन शेख,जमीरुल इस्लाम,एनुल हक,नसीमा सुल्ताना र सरबारा खातून लाई बोर्डमा मनोनयन भएका छन । तस्बीर :अब्दुल सुब्हान

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)