हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा हल्दिबारी बाल संजालद्वारा बृहत ¥याली

हल्दिबारी बाल संजालको आयोजनामा ६० औं राष्ट्रिय बाल दिवस हल्दिबारीमा मनाइएको छ । हल्दिबारी मा.वि. बाट ब्यानर सहित विभिन्न पोष्टर बोकेका बाल संजालका विद्यार्थी भाई बहिनीहरुले वडा नं. २ को कार्यालय हुँदै खार्साङ्गबारी चोक पुगेर भजन चोकमा कार्यक्रम विसर्जन गरेका थिए ।

Advertisement

उक्त ¥याली पछीको कार्यक्रमलाई हल्दिबारी मा.वि.का प्रधानाध्यापक टंक बहादुर पार्खिन, हल्दिबारी प्रहरी चौकिका इन्चार्ज रमेश कटुवाल र बाल संजालका अध्यक्ष पवन गिरीले बाल दिवसको महत्व, बालबालिकाका अधिकार समवन्धमा मन्तव्य राख्नु भएको थियो । बाल दिवसकै अवसरमा भोली भदौ ३० गते वडा नं. ४ को पाथीपरा मन्दिरको सभाहलमा लागु औषध दुर्व्यसन बिरुद्ध जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको हल्दिबारी पाल संजालका अध्यक्ष पवन गिरीले जानकारी दिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)