हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी गाउँपालिकाले १० बेडको क्वारेन्टाइन तयार गर्दै

हल्दिवारी गाउँपालिकाले जलथल स्थित पुरानो हेल्थपोस्ट भवनलाई क्वारेन्टाइन केन्द्र बनाउने भएको छ। आज बसेको गाउँ कार्यपालिका बैठकले उक्त भवनलाई तत्कालका लागि क्वारेन्टाइनको लागि प्रयोग गर्ने निर्णय गरेको हो ।

Advertisement

उक्त भवनलाई रंग रोगन गरि सफा पार्न आजै स्वास्थ साखालाई निर्देशन समेत दिएको छ। क्वारेन्टाइन राख्ने ठाउँको गाउँ पालिका उपाध्यक्ष डम्बरबहादुर गिरि ,प्रमुख प्रसासकिय अधिकृत तुलाराज थापा मगर सहितको टोलिले अबलोकन गरि आवस्यक काम गर्न स्वास्थ शाखा प्रमुख पुष्कर निरौलालाई जिम्मेवारी दिएको छ ।

Advertisement

क्वारेन्टाइनमा चौबीसै घण्टा स्वास्थ कर्मिको व्यवस्था मिलाइएको छ भने अक्सिजन र खानपिन सहित सुरक्षाको समेत व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले जानकारी दिनु भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)