समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

स्वाबलम्बन बहुउद्देश्यीय सहकारीको ११औं वार्षिकोत्सबकाे उपलक्ष्यमा रक्तदान

३१ गते ललितपुर/स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आफ्नो ११औं वार्षिकोत्सबकाे उपलक्ष्यमा रक्तदान कार्यक्रमकाे आयाेजना गरि मनाइयाे ।

Advertisement

महालक्ष्मी नगरपालिका ६ वडा स्थित आफ्नै भवन परिसरमा आयाेजित उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमुख अतिथिको आशणबाट कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष किरणकुमार महर्जनलाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे समापन गर्नुभएको थियोे ।

Advertisement

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरूले सामुहिक तवरले कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सार्वजनिक सम्मान गर्नुभएको थियोे । साेहि संस्थाका संस्थापक एवं नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका कार्यकारी सदस्य तथा Un-Call-Donor O Neg.दशबहादुर महर्जनलाई पनि सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियोे । साथै थसिकाे मााैलिक उत्पादन परालबाट तयार पारिएको कलात्मक कुर्सी मायाकाे चिनाे स्वरूप दुबै सम्मानितहरूलाई उपहार दिनुभएको थियोे । जुजुभाइ महर्जनले सञ्चालन गर्नुभएको साे रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ५६ जनाले रक्तदान गर्नुभएको थियोे ।

नरेन्द्र महर्जनकाे संयाेजन रहेकाे साे कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले शुभकामना मन्तब्यकाे क्रममा रक्तदानलाई केवल बार्षिक कार्यक्रममा मात्र सिमित नराखि,सकिन्छ भने तीनतीन महिनाकाे अन्तरालमा हाेईन भने बार्षिक दुईपटक भएपनि रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गरिएकाे अनुराेधलाई कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष किरणकुमार महर्जनले सहर्ष स्वािकार्नु भयाे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article