कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता:  “शुभ कामना”

कविता:  “शुभ कामना”

Advertisement

सकिन्छ भने बरु नाउँ नै फेर्नुस्
सहकारी पार्टी नाउँ राखेर हेर्नुस्
अधिवेशन सफलताको कामना
ड्रोपिन खाको खेलाडीझैँ नगर्नुस्!

Advertisement

आखिर रहेछ स्टर्न मिसन सहकारी
गरिबको आँसु पिएर भर्यौ है भकारी
गरिबका हैनन् आफ्नै त मुहार फेर्यौ
गरिबको रगत पसिना खायौं आखिरी!

रविको अर्को अर्थ पनि रहेछ है घाम
सूर्यको अर्को अर्थ पनि रहेछ है घाम
दुई घाम मिलेर गरिबका पैसा झ्वाम
दुई घामहरु निलेर नै सहकारी खाम!

अठासी हजार राज्यको ॠणको भारी
पापी पेट पाल्न बोक्दैछु सधैं नै भारी
पैसा पसिना बगाइ राखेको पैसा झ्वाम
मिसन कुट्न पिसन भनेकै रैछ सहकारी!

ढाकछोप आयोगको यही नै रछ काम
गरिबका नाउँका सटरहरुको के काम
अधिवेशन सफलताको कामना छ है
देशको ढुकुटी भ्रष्टाचारीहरुले नै झ्वाम!

धन्यवाद।
शुभ बिहानी।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article