हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

शिक्षा दिवसको अवसरमा पञ्चायत मा.वि. हल्दिबारीमा छात्रवृत्ति वितरण

झापा । हल्दिबारी।हल्दिबारी गाउँपालिकामा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयमा आज शिक्षा दिवसको अवसर पारेर एक परिवारले स्वर्गीय बुबा टिकाराम उप्रेती र मनोधरा उप्रेती स्मृति छात्रवृत्ति प्रतिष्ठानको स्थापना गरी छात्रवृत्ति वितरण गरिएको छ ।

Advertisement

Advertisement

विद्यालय व्यवस्थापन समिती अध्यक्ष उदय बहादुर लोक्तामको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी गाउँपालिका वडा नं-३ का वडा अध्यक्ष बिष्णु प्रसाद ओली रहेका थिए।कार्यक्रममा वडा सदस्यद्वय बिष्णुमाया तिम्सिना ढुङ्गेल ,अजित कुमार बिष्ट , प्रतिष्ठान परिवारका सदस्यहरु चुडामणि उप्रेती ,अम्बिका उप्रेती , गंगा उप्रेती ,भोजकला पौडेल उप्रेती ,योगमाया उप्रेती शिवाकोटी,बलराम शिवाकोटी, गोविन्द उप्रेती ,विद्यालय शिक्षक अभिभावक संघ अध्यक्ष भिम प्रसाद काफ्ले, संस्थापक अध्यक्ष लेवु मेचे लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र तर्फ स्पेश लोक्ताम ,र छात्रा तर्फ पुर्णिमा मेचेलाई जनही ५ हजार हस्तान्तरण गरिएको थियो।साथै विद्यालयको जेहेन्दार विद्यार्थीको रुपमा कक्षा-१० मा अध्ययनरत ललिता दर्जीलाई रु ३ हजार हस्तान्तरण गरिएको प्रतिष्ठान परिवारका सदस्य गंगा उप्रेतीले जनाकारी दिएका छन।

उक्त प्रतिष्ठानले विद्यालयमा अक्षयकोष स्थापन गरेर प्रत्येक बर्ष यस छात्रवृत्तिलाई निरन्तर दिने कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद वनले राख्नु भएको थियो भन्ने शुभकामना मन्तव्य वडाअध्यक्ष बिष्णु प्रसाद ओलीले राखेको कार्यक्रमको सन्चालन एवम सहजीकरण शिक्षक अभिषेक खतिवडाले गरेका थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)