समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

यी ६४ वटा अस्पतालमा उपचार गराउँदा ज्येष्ठ नागरिकलाई सुविधा (सूचीसहित)

हल्दीबारी न्यूज़ डेस्क/भद्रपुर :नेपाल सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा थप गरेको छ। सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा यो वर्ष दुई वटा स्वास्थ्य संस्था थप गरी ६४ वटा संस्थाबाट सेवा प्रदान गरेको छ। चालु आर्थिक वर्ष २०२४/२०२५ मा डोटीस्थित डोटी अस्पताल र अछामस्थित मंगलसेन अस्पतालमा थप गरेको हो।

Advertisement

ज्येष्ठ नागरिकहरूलाई निःशुल्क एवम् सहुलियतपूर्ण रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालहरूमा ज्येष्ठ नागरिक वार्ड स्थापना तथा सञ्चालन विस्तार गर्दै लगिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन अनुसार अस्पतालमा उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिको मापदण्डका आधारमा सेवा दिनुपर्छ। जसअनुसार ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ।

Advertisement

यस्तै, ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट अनुसार निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ। यसैगरी, ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट उपदफा (क) मा तोकिएका सेवाहरूको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा ७५ प्रतिशत छुट दिनुपर्ने छ। यस्तै, ८० देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई उपदफा (ख) मा तोकिएका सेवाहरूको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ। यस्तै, ८५ वर्षभन्दामाथिका व्यक्तिलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु निःशुल्क उपलब्ध गराउनुपर्नेछ।

अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गर्दा लागेको खर्चमा कुनै छुट सुविधा नहुने मार्गदर्शनमा उल्लेख छ।
६४ अस्पतालको सूचीः
१.वीपी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
२. कोशी अस्पताल, विराटनगर, मोरङ
३.मेची अस्पताल, भद्रपुर, झापा
४.उदयपुर अस्पताल, उदयपुर
५. इलाम अस्पताल, इलाम
६.सङ्खुवासभा अस्पताल, सङ्खुवासभा
७.इनरुवा अस्पताल, सुनसरी
८.ताप्लेजुङ अस्पताल, ताप्लेजुङ
९. पाँचथर अस्पताल, पाँचथर
१०. धनकुटा अस्पताल, धनकुटा
११.भोजपुर अस्पताल, भोजपुर
१२. जनकपुर प्रादेशिक अस्पताल, धनुषा
१३.नारायणी अस्पताल, वीरगन्ज, पर्सा
१४.गौर अस्पताल, रौटहट
१५.गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरी
१६.सिराहा अस्पताल, सिराहा
१७.कलैया अस्पताल, बारा
१८.सर्लाही अस्पताल, सर्लाही
१९.रामउमा स्मारक अस्पताल, सिराहा
२०.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
२१.चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, अस्पताल, काठमांडू
२२.भरतपुर अस्पताल, चितवन
२३.हेटौडा अस्पताल, मकवानपुर
२४. कीर्तिपुर बर्न सेन्टर अस्पताल, काठमांडू
२५. आयुर्वेद शिक्षण अस्पताल, काठमांडू
२६. राष्ट्रिय ट्रमा सेन्टर, काठमांडू
२७ सहिद शुक्रराज ट्रोपीकल तथा सरुवा रोग
२८. भक्तपुर अस्पताल, भक्तपुर
२९.धादिङ अस्पताल, धादिङ
३०. त्रिशूली अस्पताल, नुवाकोट
३१. रसुवा अस्पताल, रसुवा
३२. धुलिखेल सामुदायिक अस्पताल, काभ्रे
३३. दमौली अस्पताल, तनहुँ
३४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की
३५. धौलागिरि अस्पताल, वाग्लुङ। लुम्बिनी प्रदेश
३६.गोर्खा अस्पताल, गोर्खा
३७. म्याग्दी अस्पताल, म्याग्दी
३८. स्याङ्जा अस्पताल, स्याङ्जा
३९. रोल्पा अस्पताल, रोल्पा
४०. भेरी अस्पताल, बाँके
४१. लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही
४२. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
४३. पृथ्वीचन्द्र अस्पताल, नवलपरासी
४४. गुलरिया अस्पताल, बर्दिया
४५. प्युठान अस्पताल, प्युठान
४६. पाल्पा अस्पताल, पाल्पा
४७. राप्ती प्रादेशिक अस्पताल, दाङ
४८. तौलिहवा अस्पताल, कापिलवस्तु
४९.तम्घास अस्पताल, गुल्मी
५०. दैलेख अस्पताल, दैलेख
५१. कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत
५२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला सुदूरपश्चिम प्रदेश
५३. जाजरकोट अस्पताल,जाजरकोट
५४. हुम्ला अस्पताल, हुम्ला
५५. कालिकोट अस्पताल, कालिकोट
५६. बैतडी अस्पताल, बैतडी
५७. सेती अस्पताल, धनगढी
५८. डडेलधुरा अस्पताल, डडेलधुरा
५९. महाकाली अस्पताल, कञ्चनपुर
६०.दार्चुला अस्पताल, दार्चुला
६१. टिकापुर अस्पताल, कैलाली
६२. बझाङ अस्पताल, बझाङ
आ.व.२०२४/८२०२५मा थप स्थापना अस्पतालहरू
१. डोटी अस्पताल, डोटी
२. मंगलसेन अस्पताल, अछाम

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article