स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

संकटमा रक्तदान गर्न अधिवक्ता नेपालको आग्रह

विश्वव्यापी स्वास्थ महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड – १९) को महामारी फैलिएसँगै अस्पतालहरूमा रगतको अभाव भएका समाचार सार्वजनिक भएका छन् ।

Advertisement

यस्तो मानवीय संकटको समयमा वरिष्ठ अधिवक्ता स्वागत नेपालले ‘संकटका बेला रक्तदान शिविर आयोजना गर्न जोखिमपूर्ण हुने’ भन्दै घरमै रक्तदान गरेरै भएपनि आफ्नो मानवीय कर्तव्य पुरा गर्न अपिल गरेका छन् ।

Advertisement

एकैपटक धेरैको संख्यामा रक्तदान गर्न इच्छुक भए निश्चित टोलमा आएर एक एक जनाबाट व्यवस्थित रूपमा रक्त संकलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिंदै इच्छुक दाताहरूलाई सम्पर्कको लागि अपिल समेत गरेका छन् ।

कोरोना भाइरसका कारण देश पुरै अघोषित लकडाउनको अवस्थामा रहेकोले त्यसको प्रत्यक्ष असर अस्पतालहरूमा पनि देखिएको छ । अहिले अस्पतालहरूमा रगतको निकै अभाव रहेको कुरा सार्वजनिक भएको छ ।

संकटको यस घडिमा पनि संयमता पूर्वक आफ्नो मानवीय कर्तव्य पूरा गर्न वरिष्ठ अधिवक्ता नेपालले आग्रह गरेका हुन् । संकटको यस घडीमा सम्पूर्ण नागरिक एक भएर विपत्तिको सामना गर्न समेत उनले अपिल गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article