खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

भद्रपुर रनको विजेताले पुरस्कार पाउन स्थानियबासी हुनु पर्ने

द्रोण अधिकारी / भद्रपुर । भद्रपुर रनमा यस पटक भद्रपुरभन्दा बाहिरका खेलाडीले विजेता भए पनि पुरस्कार नपाउने भएका छन् ।आयोजक समितिले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार रनमा जो सुकैले भाग लिए पनि पदक तथा पुरस्कार जित्न भद्रपुरकै बासिन्दा हुनु पर्ने नीति तय गरिएको हो ।

Advertisement

महिलाका लागि ६.१ किमी र पुरूषका लागि ८.८ किमी दौडनु पर्ने रूट तय गरिएको छ । भद्रपुर ८ नम्वर वडा कार्यालय मूल आयोजक रहेको भद्रपुर रनमा महिला र पुरूषका लागि समान पुरस्कार प्रथम हुनेले नगद ३१ हजार र प्रमाणपत्र पाउने छन् भने दोश्रोका लागि २१ हजार, तेश्रो ११ हजार, चौथो ५ हजार पाचौं २ हजार तथा ६ औंदेखि १० औंसम्म नगद एक हजार पुरस्कार राशी रहेको छ । यी पुरस्कार पाउन भद्रपुर नगरपालिकाको बासिन्दा भएको प्रमाण अनिवार्य गरिएको छ ।

Advertisement

प्रतियोगिता भएको दिन प्रथमदेखि चौथोसम्म स्थान प्राप्त गर्ने खेलाडीले डमी चेक प्राप्त गर्ने छन् भने प्रतियोगिता सम्पन्न भएको तेश्रो दिन भित्रमा भद्रपुरको बासिन्दा भएको प्रमाण पेश गरे तोकिएको नगद पुरस्कार पाउने प्रावधान रहेको आयोजकको भनाइ छ । प्रथम पटक २०७६ सालमा भद्रपुर रनको आयोजना भएको भए पनि विभिन्न कारणले रोकिएको रन अब भने हरेक वर्ष घटस्थापनाकै दिन सम्पन्न गर्ने गरी कोष खडा गरेरै अगाडि बढिएको आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए ।

संयोजक सुब्बाका अनुसार १० लाख अर्च हुने अनुमान रहेको छ भने खर्चको श्रोत विभिन्न दाताको स्वच्छिक दान रहेको छ । वडा कार्यालय मूल आयोजक भए पनि वडाको रकम खेलमा खर्च नगरिने जनाउँदै दुव्र्यसन मुक्त समाजका लागि भद्रपुर रन भन्ने नारा तय भएको जानकारी दिए ।
यही अशोज १७ गते फूलपातीका दिन विहान ७ बजे भद्रपुर ८ सगरमाथा चौकबाट शुरू हुने रन दक्षिण संगम चौक हुँदै पूर्व जनता चौकबाट उत्तर घोडामारा हुँदै पश्चिम कारागारबाट जिल्ला प्रशासनहुँदै मेची रङ्गशाला दक्षिण सगरमाथा चौकमा आएर समापन हुने छ । विगतमा जस्तो अवको संस्करण नरोकिने र हरेक वर्ष फूलपातीका दिन भद्रपुर दौड दशैं महोत्सवका रूपमा गरिने आयोजकको प्रतिबद्धता रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article