हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

भक्तपुरको ब्यासीमा विशेष रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर/नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा एक विशेष रक्तदान कार्यक्रम भक्तपुरको ब्यासीमा सम्पन्न भएको छ ।

Advertisement

नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखा,प्रभात भूतपूर्व विद्यार्थी संघ,साइकल कनेक्ट भक्तपुर,पायोनियर ओपन क्रु र जुजु बाइक्सकाे संयुक्तरूपमा साे कार्यक्रमको आयाेजना गरिएको साे कार्यक्रमकाे शुभारम्भ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गर्दै गर्नुभएको थियोे ।

Advertisement

नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाका अध्यक्ष सद्दाम बालाकाे सभापतित्वमा आयाेजित उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४४ जना स्वयंसेवी रक्तदाताहरूले रक्ततदान गर्नुभएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)