हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

काेराेना भाइरसले निम्त्याएको लक डाउन मेरो लागि हाे भन्ने बुझ्नु पर्छ :डम्बर गिरी

चाेक,चाेकमा बसेर,संघ संस्थामा बसेर,विभिन्न अभियानता काे रुपमा बेमौसमी बाजा बजाउने अभियान कर्ताहरु,राजनीतिक पार्टीहरु,जातीय कुरा गरेर हिड्ने जातीय माेर्चाका अगुवाहरु,सानाे सहयोग गरेर सामाजिक संजाल प्रयाेग गरेर ठुलो हल्ला गर्ने समाजसेवी हरु हाे, पटकपटक अधिकारकाे कुरा गरेर,कर्तब्य बिर्सने हरु हाे ख्याल गर याे संकटमा तिम्रो मुल्यांकन हुदै छ ।

Advertisement

धेरै जनाले मान्नु भएको छ, केहीले मान्नु भएको छैन , नमान्ने मित्रहरूकाे लागि अनुराेध गर्न चाहान्छु , सरकारले किन यसाे गर्दै छ , कस्काे लागि गर्दै छ, सरकारले अाफ्ना नागरिकलाई दुख,कष्ट,दिन चाहादैन ,भएको पनि देख्न सक्दैन,याे सबै तपाई हाम्रो लागि हाे,हाम्रो परिवारकाे लागि हाे।

Advertisement

,हाम्रो समाजको लागि हाे,अाफ्नाे नागरिकलाई बचाउनकाे लागि हाे,याे काेराेना भाइरस खतरनाक भाइरस हाे,अहिले याे संन्सार भरि फैलिएको छ,याे काेराेना भाइरसले अन्तर्राष्ट्रिय स्तरमा अाताङ्क मच्चाएको छ,दुनियाँका शक्तिशाली राष्ट्रियहरु लाई समेत चुनाैति दिदै , काेराेना भाइरस काे चुनाैतीलाइ सामना गर्ने निकै कठिनाइ परिरहेको छ , याे काेराेना भाइरस नयाँ भाइरस हाे,यसकाे बारेमा हामीलाई धेरै जानकारी छैन,याे काेराेना भाइरसकाे खासै अनुशनदान पनि भएको छैन,हामी अाज सम्म श्री पशुपतिनाथ र पाथीभरा माताकाे कृपा र अाशिर्वादले सुरक्षित छाै ।

अप्रिय घटना घटिहालेकाे पनि छैन,अब हामीले काेराेना भाइरस फैलिएको देशबाट केही सिक्नु पर्छ, याे भाइरस बाट वचन के – के बिधि प्रयाेग गरे, कसरी नियन्त्रण गर्दै छन्, हामीले सिक्नु पर्छ,नसिक्ने हाे भने हामी संकटमा फस्न सक्छौ,याे भाइरस निकै छिटो दाैडिरहेकाे छ र मुल्यांकन गर्न नसक्ने गरि फैलिइ रहेको छ,यसलाई तुरुन्त नराेक्ने हाे,भने यसले केही छाेटाे समयमा हामी कसैलाई पनि बाँकी राख्ने वाला छैन,।

हामी हेर्न सक्छौ इटाली लाई अाज भन्दा १ महिना अघि केही ब्यत्तिमाहरुमा मात्रै फैलिएको थियोे,अाज लाखौं लाई काेराेना भाइरसले सताएको छ, हजारौं ले ज्यान गुमाएको अवस्था छ,अमेरिका जस्तो सुविधा सम्पन्न,शक्तिशाली देशमा समेत हजारौं मान्छेले ज्यान गुमाएका छन्,यसलाई हामी कसैले पनि खेलाचि नगराै,मलाई केही हुदैन भन्ने साेचबाट मुक्त हाै,याे भाइरसले धनी गरिव,सानाठूला,युवा वृद्ध ,महिला पुरुष,कसैलाई देख्दैन याे भाइरस ले,यसलाई राेक्ने,नियन्त्रण गर्ने,हामी सबै बच्ने,उपाय लक डाउन मात्रै हाे,याे बिधि सरकारले बेलैमा रचि सकेको छ।

,अहिले हामी सबै कुरा त्यागेर अाफ्नाे घरमा परिवारका साथ बस्न काे बिकल्प अर्को छैन ,यही यसकाे एक मात्रै उपचार बिधि हाे भन्दा हुन्छ,अाज सम्म नेपाल सरकारले १ जनालाई मात्रै पुष्टि गरेको छ,उहाँ पनि उपचारको क्रममा हुनुहुन्छ । उहाँ पनि बाहिर फ्रान्स बाट भर्खरै अाउनु भएको रहेछ, त्यसकारण अातिहाल्नु पर्ने अवस्थात छैन तर पनि अहिले लक डाउन गरेर घरमा बस्ने बिधि नै उतम विधि हाे,यदि तपाईं,हाम्रो सानाे कमजोरीले याे काेराेना भाइरस फैलियो भने,हामी इटाली जस्तो संकटमा फसियाे भने,हामी संग न उपचार गर्ने अाैषधी छ,न छुट्टै अस्पताल छन्,न त्याे खालकाे उपकरण छ।

,हामी सबै उपचारको बिधि प्रक्रिया मा कमजोर छाै,यसलाई फैलिन बाट बचाउ,हामी सग अाफु बाचेर अरुलाइ बचाउनु शिवाय अरु केही छैन ,याे समयमा धेरै तर्क बितर्क गरेर बहस नगराै,याे भाइरस फैलियो भने लक डाउनकाे कुनै अर्थ छैन , म अनुराेध गर्न जाहान्छु हामी लक डाउन गरेर अा- अाफ्नाे घरमा बस्ने हाे,अाफ्नाे परिवार सग बस्ने हाे,हामी अा-अाफ्नाे घर,परिवारमा बस्न गार्‍हो किन मानिरहेका छाै,म भन्न चाहान्छु।

अाफ्नाे घरमा अाफ्ना परिवार संग बसिदिनुहाेस् ,चाेक चाेकमा भेला नभइदिनु हाेस्,अनावश्यक भिडभाड नगरिदिनु हाेस्,याे काेराेना भाइरस राेकेर तपाई हाम्रो सुरक्षा गर्न सरकार ले अाफ्नाे पूरा तागत परिचालन गरेको छ,यसलाई पूरा नियन्त्रण गर्न तपाई हाम्रो पनि साथ चाहिन्छ ,लक डाउनु काे पालना गरि दिनु हाेस्,यही अनुराेध गर्न चाहान्छाै,हामीले बुझेका छाै।

,हरेक दिन श्रम गर्ने दाजुभाइ,दिदीबहिनीहरु लाई निकै समस्या छ,कहिलेकाही समस्या समाधान काे निम्ति समस्या सग झुध्नु पर्दाे रहेछ,हामी हार्दिक अनुराेध गर्नु चाहान्छाै, याे संकटकाे घडीमा उधाेग भित्र अाफ्नाे उधाेगमा, श्रम गर्ने साथीहरू लाई उधाेग,संचालक काे तर्फबाट सहयोग गरिदिनु हाेला,अाफन्तले अाफन्तलाइ,छिमेकीले छिमेकीलाई ,हुनेखाने ले हुदा खानेलाई सहयोग गराै,” मिलेर बाँच्नु नै मावताकाे परम धर्म हाे “लक डाउन काे पालना गराै,काेराेना भाइरसकाे सामना गराै ।।

उपाध्यक्ष
हल्दिबारी गाउँपालिका,

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)