समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दीबारीमा २५ बेडको क्वारेन्टाइन निर्माण :प्रवक्ता सागर पोर्तेल

 झापाको दक्षिणी भेगमा अवस्थित हल्दीबारी गाउँपालिकाले विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथामका लागि हल्दीबारी-२ स्थित नयाँ स्वास्थ्य चौकी भवनमा २५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

Advertisement

हल्दिवारी गाउँ पालिका प्रवक्ता सागर पोर्तेलका अनुसार आवश्यक परे केही दिनमा नै सय भेड सम्म्को क्वारेन्टाइन बनाउन गाउँ पालिका तयारी अवस्थामा रहेको छ।

Advertisement

गत सोमबार कतार एयरलाइन्सबाट नेपाल आएकी १ जना नेपाली युवतिमा कोरोना संक्रमण देखिए पछि नेपाल सरकारले चैत-११ गतेदेखि चैत-१८ गतेसम्म पुरै देश लकडाउन गर्ने निर्णय गरि सबै स्थानीय तहहरुलाई सम्भावित जोखिमको पूर्व तयारीका लागि क्वारेन्टाइन निर्माण गर्न निर्देशन गरे संगै हल्दीबारीमा क्वारेन्टाइन निर्माण कार्य तीव्र बनाइएको थियोे ।

हिजोबाट सुरु भएको निर्माण कार्य आज सम्पन्न भएको छ । हल्दीबारी गाउँपालिका वडा न.२ स्थित भखरै निर्माण सम्पन्न भई हस्तान्तरण हुन बाँकी रहेको स्वास्थ्य चौकी भवनमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

आवश्यक पूर्वाधार तयार भई नसकेको उक्त भवनमा आवतजावतका लागि सडक निर्माण, खानेपानी व्यवस्थापन, विजुलीको व्यवस्थापन, विरामीका लागि बेडको व्यवस्थापन र सरसफाई समेत गरि क्वारेन्टाइन निर्माण गरिएको छ । साथै, आवश्यक स्वास्थ्यकर्मी र सामाग्रीहरुको प्रवन्ध पनि गरिएको छ ।

साथै, हल्दीबारी गाउँपालिकाले स्थानीय प्रहरी चौकीहरुसंग समन्वय गरि भारत लगायत अन्य मुलुकबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पहिचान गरि तिनीहरुको स्वास्थ्य अवस्था वुझ्ने कार्य पनि तीव्र बनाएको छ । सो क्रममा संका लागेकाहरुलाई क्वारेन्टाइनमा ल्याएर राखिनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article