हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीका जनप्रतिनिधि लाठी लिएर सडकमा ,अध्यक्षले दिए २ सय माक्स स्वास्थ चौकिलाई !( फोटोफिचर )

 हल्दिवारी गाउँ पालिकाका जनप्रतिनिधिहरु लाठी लिएर सडकमा उत्रिएका छ्न। सरकारले लागू गरेको लक डाउनलाई बेवास्ता गर्दै घर बाहिर निस्कने क्रम बडेपछी ,वडा नम्बर ४ का अध्यक्ष होमप्रसाद चुडाल ,वडासदस्यहरु केदार उप्रेती ,महेसलाल मेचे ,पवित्रा सेन्चुरी स्थानीय प्रहरीको टोलि सहित हालमा लाठी लिएर निस्किएका हुन।

Advertisement

Advertisement

अधिकारी चोक ,मंगल्बबारे बजार ,ऎना वारि ,काजली भट्टी र ढ्डुवा बजार समेत अनुगमन गरेका थिए । वडा अध्यक्ष चुडालका अनुसार आज सम्झाउने काम भएको छ भोलि देखि अनावश्यक बाहिर हिड्नेलाई कार्वाही हुनेछ। स्थानीय सरकारले सख्त कार्वाही गर्न प्रहरीलाई निर्देशन समेत गरेको र आफुहरुपनी लागि पर्ने वडा सदस्य महेसलाल मेचेले बताएका छ्न ।

आजै वडा अध्यक्ष चुलाल लगायत जनप्रतिनिधिहरुले स्वास्थ चौकी जलथललाई २ सय माक्र्स पनि बितरण गरेको छ। स्वास्थ चौकीमा उपचार गर्न आउनेलाई उक्त माक्स उपलब्ध गराइने जलथल स्वास्थ प्रमुख राम प्रसाद ढकालले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)