कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “आज कविता लेखिन्छ”

कविता: “आज कविता लेखिन्छ”

Advertisement

भौतारिरहेका आँखा,
सलबलाएको हातका औंलाहरु
तथा आक्रान्त मनलाई शान्त राख्न
आज कविता लेखिन्छ ।

Advertisement

आँफैले आँफै संग
प्रश्न गर्दै
म खोज्न चाहान्छु
ती अनुत्तरित प्रश्नहरूका उत्तर
अनि पोख्न चाहन्छु
सादा जीवनका भाकाहरु
जहाँ
हरेक दिन सपनाहरुलाई
बदलिने भित्ते पात्रोले लखेटिरहेको छन
ओरालो लागेको मृगलाई सरी।
बद्लियो त केवल उमेर
हरेक दिन
अनि बढ्दै गरेको बुढ्यौलीलाई
सम्बोधन गरी
आज कविता लेखिन्छ ।

नसोध मलाई जीवनका बेथीहरु
एक होइन कयौँ छन
त्यसैले आज कविता लेखिन्छ।
मैले सपनालाई भविष्यको विपना बनाएर
दगुर्न प्रयास गरे
त्यसैले आज कविता लेखिन्छ।
मलाई नसोध कसैले
जिन्दगीको गोरेटोमा कहाँ कहाँ
विश्मायाबोधक चिन्ह लाग्यो भनेर,
असफलताको माला उनेर
मैले आफ्नो छाती सजाएको छु
त्यसैले आज कविता लेखिन्छ।
आज कविता लेखिन्छ
भन्दा भन्दै लेखिएछ।

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article