स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी गाउँपालिका उच्च सतर्कताका साथ अधि बढेको छ : अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन

 कोरोना भाइरसले विश्व माझ तरङ्ग ल्याई रहेको अवस्थामा हल्दिवारी गाउँपालिका झापाले भने जनताको लागि काम गरि रहेको अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले बताएका छ्न। कोरोना भाइरस सङ्क्रमित बाट बच्न गाउँ पालिका २४ औं घन्टा लागि परेको र आवश्यक सबै पुर्व तयारी पूरा भएको अध्यक्ष लिङ्देनले हल्दिवारी डटकम सग कुरा गर्दै बताउनु भएको छ।

Advertisement

हाल सम्म हल्दिवारी गाउँपालिका क्षेत्रमा ३१ जना भारत लगायत खाडी मुलुक बाट फर्किएका युवाहरु आएको र उनिहरुलाई होम क्वारेन्टाइनमा राखी निगारानी बढाईएकोछ। हल्दिवारी गाउँपालिका ७०% मजदुर हरुको बाहुल्य रहेको भएकोले उनिहरुलाई सम्बोधन गर्ने गरि भोलि नै कार्यक्रम ल्याइने गाउँ पालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले बतसुनु भएको छ।

Advertisement

समय परिस्थितिलाई मद्य्य नजर राख्दै गाउपालिका तयारी अवस्थामा रहेको र कुनै कसुर बाकी नराख्न स्वास्थ शाखालाई निर्देशन गरिएको साथै आवश्यक रकम को समेत व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले बताउनु भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article