हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

चन्द्रगढीमा महाकवि देवकोटाको ११६ औं जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम

भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्तीको अवसर पारेर देवकोटा स्मारक संरक्षण समितिले चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

भद्रपुर ९ मुना समुदायिक भवन चन्द्रगढीमा समितिले श्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता बाचन प्रतियोगिता सम्पन्न गरेको हो ।

Advertisement

समितिका अध्यक्ष राजु वरालको सभापतित्व तथा नेपाल संगीत नाट्य कला प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मनोरथ दाहाल स्मृति साहित्य पुरस्कारबाट झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजीलाई नगद २० हजार सहित सम्माननित गरिएको थियो भने स्रष्टा सम्मानबाट पत्रकार तलु बास्केलाई सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा शैक्षिक उन्नयन पुरस्कारबाट वीरेन्द्र मावि चन्द्रगढीका उत्कृष्ट छात्र क्षितिज वन र छात्रा भूमिका खनाललाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सम्पन्न बाल कविता बाचन प्रतियोगितामा सुमन रेग्मी प्रथम, प्राथना राजवंशी द्वितीय, निलम घिमिरे तृतीय र शोभा भुजेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । बाल कविता प्रतियोगितामा उत्कृष्ट हुने बाल कविहरूलाई नगद सहित पुरस्कृत समेत गरिएको थियो ।

समितिका उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रको सञ्चालन सचिव युवराज ढकालले गरेका थिए भने विभिन्न कवि तथा कवयत्रीहरूले आफ्ना कविता र गीत वाचन समेत गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)