समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा विदेशबाट फर्किएका ३१ जना होम क्वारेन्टाइनमा ,१ जना भने क्वारेन्टाइनमा

 जलथल । हल्दिवारी गाउँपालिकामा १५ दिनको अवधिमा विदेशबाट फर्किएका ३१ जनालाई होम क्वारेन्टाइन राखिएको छ । कोभिड -१९ को जोखिम नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनिहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो ।

Advertisement

हल्दिवारी स्वास्थ्य कार्यलय प्रमुख पुष्कर निरौलाका अनुसार ती व्यक्तिहरू सुरक्षितरुमा घरमा नै बसिरहेका छ्न। गाउँपालिकाको प्रत्येक वडामा पुगेर स्थानीय प्रहरीले विदेशबाट आउनेको बिबरण सङक्लन गरिरहेका छ्न ।

Advertisement

हल्दिवारी गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा आज देखि एक जनालाई राखेर निगारानी शुरु गरिएको छ ।भारतबाट फर्किएका उनिलाई चौविसै घण्टा स्वास्थ्यकर्मीको निगारानीमा राखिएको स्वास्थ शाखा प्रमुख निरौलाले जानकारी दिएका छ्न।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article