समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दीबारी गाउँपालिका विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक : लकडाउनको पूर्ण पालना गर्न गाउँबासीमा अनुरोध

हल्दीबारीमा हालसम्म वैदेशिक रोजगारबाट फर्किएका ३९ जना होम क्वारेन्टाइनमा र १ जना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।

Advertisement

हल्दीबारी गाउँपालिका विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक गाउँपालिकाका अध्यक्ष एवंम् गाउँ विपद् व्यवस्थापन समितिका संयोजक श्री रविन्द्र लिङ्देनको अध्यक्षतामा आज चैत(१४ गते अपरान्ह २ बजे गाउँ कार्यपालिकाको कार्यालयमा बसेको छ ।

Advertisement

बैठकले हल्दीबारी गाउँपालिका क्षेत्रमा नेपाल सरकारले गत चैत(११ गतेदेखि चैत(१८ गतेसम्म लागू गरेको लकडाउन कार्यान्वयन, कोरोना संक्रमण जोखिमको अवस्था, वडा स्तरीय गतिविधि, वैदेशिक रोजगारबाट फर्किएकाहरुको अवस्था, जनचेतना प्रचारप्रसारको प्रभाव, क्वारेन्टाइन निर्माणको प्रगति लगायत कोरोना संक्रमण रोकथामको सन्दर्भमा हालसम्म भएका कामको छलफल तथा समीक्षा गर्दै थप योजना निर्माण गर्ने निर्णय समेत गरेको छ ।

साथै, विश्वभर तीव्र गतिमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफू र अरुलाई बचाउनका लागि नागरिकहरुलाई अति आवश्यक काम बाहेक घर बाहिर ननिस्किन, घरमै सुरक्षित भएर बस्न, ४ जना भन्दा अनावश्यक रुपमा भिड जम्मा नहुन, हाट, बजार, पसल, उद्योग, कलकारखाना सबै बन्द गरि लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गर्न समेत गाउँपालिकाबासीलाई आग्रह गरेको छ ।

त्यस्तै गरि, नेपाल सरकारले जारी गरेको कोरोना भाइरस रोकथाम सम्बन्धि क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम हल्दीबारी गाउँपालिकामा कोरोना संक्रमण रोकथामका लागि क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न गाउँपालिकाका प्रवक्ता श्री सागर पोर्तेलको संयोजकत्वमा, सदस्यहरु २ न। वडा सदस्य श्री शुकलाल राजवंशी, गाउँपालिका स्वास्थ्य साखा प्रमुख श्री पुष्कर निरौला, हल्दीबारी प्रहरी चौकी इन्चार्ज श्री खड्क प्रसाद खड्का र क्वारेन्टाइनका इन्चार्ज श्री मित्र तिम्सिना सदस्य( सचिब रहेको ५ सदस्यीय समिति समेत गठन गरि जिम्मेवारी प्रदान गरेको छ ।

साथै, लकडाउनको समयावधि चैत(१८ गतेदेखि थप भएको खण्डमा सो समयमा गाउँपालिका क्षेत्रका अति(विपन्न, दैनिक ज्यालादारी गर्ने कामदार, मजदुरहरुलाई जीविकोपार्जनमा आइपर्न सक्ने समस्या समाधानको तयारी गर्न वडा समितिहरुलाई अभिलेख तयार पार्न जिम्मेवारी दिने निर्णय गरिएको छ ।

हल्दीबारी गाउँपालिका क्षेत्रमा भारत, खाडी मुलुक लगायत अन्य मुलुकमा वैदेशिक रोजगारीको सिलसिलामा गई हालसालै फर्किएका व्यक्तिहरुको यथाशीघ्र तथ्यांक संकलन गरि निजहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाउने र अटेरी गरेको पाइएमा तत्काल गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा ल्याई राख्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

हल्दीबारीमा हालसम्म वैदेशिक रोजगारबाट फर्किएका ३१ जना होम क्वारेन्टाइनमा र १ जना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article