कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “कसिंगर”

कविता: “कसिंगर”

उसले बोल्यो
भगवानलाई फलफूल नचढाउ
बरु मन्दिर बाहिर रहेका
भोकालाई खुवाउ
तिम्रा भगवान पेट भरी खाएर
दुःखीको स्वरूपमा बाहिर बसेका छन।
खाली पेट भरिदिनु धर्म हो
मन्दिरमा चढाएर कुह्याएर
पूजा पश्चात फूल कसिंगर हुन्छ भन्दै
भोकाको सेवा गर्न नचोड
कसिंगर बन्लान् भन्ने डरले ।
उसले कहिल्यै चढाएन पनि
स्पष्टीकरण दियो।

अर्जुन दाहाल
गाैरादह–३, झापा

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)