हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

माधव  थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार रमिता छुँजुलाई

काठमाडौँ – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गरेको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान ’ फोटो पत्रकार रमिता छुँजुलाई प्रदान गरिएको छ ।

Advertisement

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको २७ औँ वार्षिकोत्सव तथा १३ औं अधिवेशनको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि खानेपानी मन्त्री प्रदीप यादव र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तको हातबाट छुँजुलाई नगद १० हजारसहित सम्मान-पत्र प्रदान गरिएको थियो।

छुँजु राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका केन्द्रीय सदस्य हुन्। उनी नेपालभर बालबालिकाको क्षेत्रमा कार्य गर्ने–सिविन नेपालमा कार्यरत रहेकी छिन्।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्षहरु कविन्द्रमान शाक्य, राजभाइ सुवाल त्यसैगरी संन्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा, नेपाल फोटोग्राफर महासंघका महासचिव दिगम्बर राजबंशी, काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि घिमिरे लगायत फोटो पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)