हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दीबारी – ४ बालमैत्री वडा बनाउने अभियानमा 

हल्दिबारी , २ मङ्सिर ।  हल्दीबारी गाउँपालिका वडा नम्बर ४ ले बालमैत्री स्थानीय शासन तथा वस्तुगत विवरण तयारीका लागि तथ्यांक संकलन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement
वडा नम्बर ४ ले आफ्नो वडालाई बालमैत्री वडा बनाउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको वडा अध्यक्ष शन्तकुमार थापाले बताउनु भयो ।
हल्दिबारीमा पहिलो बालमैत्री वडा घोषणा गर्ने वडालाई पालिकाले १० लाख पुरस्कर दिने गरेको निर्णय सगै आफ्नो वडालाई बालमैत्री बनाउन सरोकारवालाहरु सग छलफल एवं बालबालिका लक्ष्यित कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बडेको अध्यक्ष मगर बताउनु हुन्छ ।
बालमैत्री वडा घोषणा गर्न ५१ वटा सुचकहरु पुरागर्नुपर्ने हुँदा  त्यसैलाई मध्य नजरगर्दै आज अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको वडा सचिव जय पोख्रेलले जानकारी दिनु भयो ।
अभिमुखिकरण कार्यक्रमलाई बाल अधिकार कर्मी एवं प्रशिक्षक सुमन ढकालले सहजीकरण गर्नु भएको
उक्त कार्यक्रममा वडा सदस्यहरु , वडा भित्र रहेका  विद्यालयका शिक्षक , विद्यार्थी ,  वडा बाल संजालका सदस्यहरु ,अभिभावक ,  स्थानीय प्रहरी , स्वास्थ्य कर्मी  एवं संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष शन्तकुमार मगरको अध्यक्षमा भएको कार्यक्रममा कार्यक्रमको  औचित्य माथी दीपेन्द्र प्राविका प्रअ अर्जुन भट्टराईले प्रष्ट पार्नु भएको कार्यक्रममा स्वागत वडा सदस्य सुरेन्द्र बारकोटीको रहेको थियोे ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)