कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “मांस”

कविता: “मांस”

Advertisement

बाघको छाला लगाउने
महादेवको मन्दिरमा
छालाका वस्त्र लगाएर जाना पाइँदैन
यस्तो प्रसङ्गलाई
महादेव समक्ष कसैले पनि उजागर गरेनन
किन महादेव भनेर
सोधेका भए
जटाधारी महादेव भन्थे होला
“कैलाशको चिसो छल्न
बाघको छाला लगाएको वत्स”।
शास्त्रका उपचारमा
मांस नचेलेको होइन,
राजा शिविको कथा अमर छ
अन्य पात्र पनि छन्
महादेवलाई मांस अर्पण गर्ने,
प्रश्न यहाँ उठ्दछ
अर्पण भएका वस्तु
अर्पित गर्ने योग्य की अयोग्य
किनकि मन्दिर शक्तिको उत्पत्ति भएको ठाउँमा
बनाउने चलन छ,
त्यसो भए मांस चढाउने नमिल्ने किन
उसको जवाफ कर्मकाण्ड रचाइता संग होला
जसको हामी आँखा चिम्लेर पालन गर्दैछौं।

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

 

 

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article