समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बोलेरो दुर्घटना हुँदा रामेछापमा दुई जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा जाँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

Advertisement

बा १४ च ९४९८ नम्बरको पिकअप भ्यान मंगलबार बिहान ५ बजे रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक ९इन्सपेक्टर० टेकेन्द्र पौडेलका अनुसार मृत्यु हनुेमा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरी र अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ ।

Advertisement

घाइते भएकाहरु धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर पौडेलले बताए । पौडेलका अनुसार बोलेरो गाडी सडकबाट करिब १५० मिटर तल खसेको हो ।पिकअप भ्यानका चालक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article