समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जलथलको सनराइज चिया बगानमा ९० बर्षिय वृद्ध मृत फेला

हल्दिवारी ४ स्थित सनराइज चिया बगानमा एक ९० बर्षिय बृद्वा झुन्डिएको अवस्थामा मृत फेला परेको जलथल प्रहरी चौकिले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार अन्दाजी ९० बर्षिय फागुनी मेचे बगाएको बिचमा नालिमा कदमको बुटामा झुन्डिएको अवस्थामा घाँस काट्नेले ५ बजेतिर देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

Advertisement

दिउँसो १ बजे सम्म घरमै रहेकी उनी घरबाट अन्दाजी १ किलोमीटर दुरिमा रहेको बगानमा झुन्डिएको अवस्थामा फेला परेकी हुन। घुडा टेकेको तथा कदमको बिरुवालाई समातेको अवस्थामा उनी मृत फेला परेकी हुन ।

हल्दिवारी ४ ऎनावारीमा बस्दै आएकी उनका २ छोरा २ छोरी तथा नातिनातिना रहेको परिवार जनले बताएका छ्न। जिल्ला प्रहरी कार्यलयको अनुसन्धान टोलिले आवश्यक छानबिन गरि पोस्टमार्टम गर्न मेची अस्पताल लगिने जलथल प्रहरीका प्रमुख भरत कोइरालाले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article