हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रुसले अमेरिकालाई ६० टन मेडिकल सामग्री पठायो

रुसले कोरोना भाइरसको महामारीसँग जुधिरहेको अमेरिकालाई ६० टन मेडिकल सामग्री पठाएको छ।त्यसअघि ट्रम्प र पुटिनबीच भएको टेलिफोन वार्तामा रुसी राष्ट्रपतिले अमेरिकी समक्षीलाई मेडिकल सामग्री सहयोगको अफर गरेका थिए।

Advertisement

रुसले पठाएको मेडिकल सामग्री बोकेको विमान अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय रंगशालामा अवतरण भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। यो सहयोगलाई लिएर दुई देशका अधिकारीले आफ्ना देशका कार्यकारी प्रमुखको आलोचना गरेको जनाइएको छ।

Advertisement

अमेरिकी अधिकारीले पुटिनको सहयोग पछाडिको कारणलाई लिएर आलोचना गरेका छन् भने रुसी अधिकारीले देशभित्र कोरोनाको संकट आईरहँदा पुटिनले अन्तर्राष्ट्रिय सहयोगमा चासो देखाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्।

रुसले पठाएको कार्गो विमानमा भेन्टिलेटर, मास्क, पीपिईलगायत सामग्री रहेको जनाइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी सहयोगप्रति आभार प्रकट गरेका छन्। उनले भनेका छन्( रुसले धेरै धेरै ठुलठुला सामग्री, मेडिकल उपकरण लगायतले भरिएको प्लेन पठाएको छ जुन निकै राम्रो हो।

अमेरिकामा बिहिबार रातीसम्म कोरोना भाइरसका कारण पाँच हजार ७ सय ८० जनाले ज्यान गुमाएका छन् भने २ लाख ३६ हजारभन्दा बढी संक्रमित छन्।यता रुसमा ३ हजार पाँच सयभन्दा बढी संक्रमित छन्। यहाँ ३० जनाले ज्यान गुमाएका छन् हालसम्म।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)