हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतबाट ३ दिनमा भोकै हिड्दै आएका हल्दिवारीका २ युवालाई उद्दार 

.हल्दिवारीका २ युवालाई गाउँपालिकाले उद्दार गरि क्वारेन्टाइन राख्ने काम भएको गाउँपालिका प्रवक्ता सागर पोर्तेलले जानकारी दिएका छ्न । भारतको बिहार राज्य जम्बैइमा काम गर्दै आएका हल्दिवारी का २ युवा सहित १२ जना पानी र बिस्कुट को भरमा ३५० किलोमिटर हिडेर ३ दिनमा आएको उनिहरुले बताए।

Advertisement

Advertisement

झापा गाउँपालिका बाट नेपाल प्रवेश गरेका उनिहरुलाई आआफ्नोगाउपालिकालाई सम्पर्क गराई बुझाउने काम भएको सुरुङ्गा प्रहरीले जनाएको छ।

हल्दिवारीका पनि २ युवा छ्न भन्ने खवर प्राप्त भएपछि गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिको सल्लाह अनुसार प्रवक्ता सागर पोर्तेल सहितको टोलिले सुरुङ्गा उधोग बाणिज्य संघ बाट राती ९.३० बजे उद्दार गरि गाउँ पालिकाको क्वारेन्टाइन राखिएको छ।

उद्दार गरिएका युवाहरूमा ढल बहादुर भुसाल र विवेक परियार रहेको र उनिहरु साविक हल्दिवारी ७ का रहेको समेत बुझिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)