हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भीषण आगलागी कपिलवस्तुमा , करिब ४० घर जलेर नष्ट

कपिलवस्तु । केहीबेर अघिदेखि कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए ।

Advertisement

‘हामी भर्खरै आएर आगो निभाउन लागेका छौं’ नेपालले भने, ‘लहरै घरमा आगलागी भएको छ, ४० भन्दा बढि घरहरु जलेर नष्ट भएको अनुमान गरिएको छ, एकिन विवरण भने तयार पार्न सकिएको छैन् ।’ उनले थप भने, ‘अहिलेसम्म मानवीय क्षति भएको त पाइएको छैन तर अन्न र धनमालको प्रशस्त क्षति भएको छ । 

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)