haldibari.com
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहयोग उपलब्ध गराइदिने बारे, हल्दीबारी गाउँपालिकाको सार्वजनिक सुचना :

विश्वभर तीव्र गतिमा फैलिरहेको नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् अति-विपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारीमा काम गर्ने घरपरिवार र मजदुरहरुलाई लकडाउनको अवधिभर खाद्यान्न लगायतका राहत सामाग्रीहरु एकद्वार प्रणालीबाट वितरणमा समन्वय, एकरुपता र समानता कायम गर्दै सम्भावित कोरोना संक्रमणबाट आइपर्ने विपदको सामुहिक रुपमा सामना गर्न मिति २०७६ साल चैत १९ गते बसेको हल्दीबारी गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन राहत कोष गठन एवंम् संचालन कार्यविधि,२०७६ स्वीकृत गरि राहत कोष स्थापना गर्ने भनी निर्णय गरेको व्याहोरा सर्वप्रथम अवगत गराउन चाहान्छौं।

Advertisement


उक्त कोषमा हल्दीबारी गाउँपालिकाका सबै जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा वापतको रकम तथा कर्मचारीहरुको तोकिए बमोजिमको रकम जम्मा गर्ने निर्णय समेत भएको जानकारी गराउँदै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् राहत वितरण गर्ने प्रयोजनार्थ गाउँपालिका क्षेत्रका इच्छुक उद्योगी, व्यवसायी, सामुदायिक वन उपभोक्ता समूह, सहकारी, क्लब, लगायत सबै सामाजिक संघसंस्था एवंम् देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नगद भए राहत कोषको बैंक खातामा सोझै जम्मा गरिदिनु हुन र जिन्सि सामानहरु भए यश गाउँपालिका कार्यालयको जिन्सी शाखा वा वडा कार्यालयमा दाखिला गरि सहयोग गरिदिनु हुन हार्दिक अपिल सहित यो सार्वजनिक सुचना जारी गरिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article