बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पत्रकारका पीडा कस्ले सुनिदेला ?: एकराज गिरी , उपाध्यक्ष नेपाल पत्रकार महासंघ झापा

अरुका अावाज सुन्ने सुनाउने पत्रकारका अावाज कस्ले सुन्ने? विश्वव्यापी काेराेना महामारीको याे समयमा ज्यान जाखिममै राखेर भए पनि नागरिकलाई सुसूचित गराउन अहाेरात्र खटिएका पत्रकार भाेकै हिड्नुपर्ने अवस्था अाइसक्याे,उसका परिवार भाेकै बस्नुपर्ने अवस्था अाइसक्याे । सबै पत्रकार अार्थिकरुपले सबल छैनन् ।

Advertisement

पत्रकारिता वाैद्धिक पेशा भए पनि पत्रकार श्रमजीवी हाे ।त्यो श्रमजीवी जाे अाफ्नाे नाम दर्ज गरेर लाइनमा बसेर राहत लिदैन, पहुँच भएर पनि उस्ले याे गर्दैन । किन? उस्काे स्वाभिमानले दिदैन । तर यस्तै अवस्था रहे अब उस्काे चूल्हाे बल्दैन ।तथापि पत्रकार अाफ्नाे जिम्मेवारीमा अहाेरात्र छन् ।

Advertisement


याे बेला छापा माध्यम बन्द छन् ,अरु भएका मिडियामा पनि अाम्दानीकाे स्राेत विज्ञापन शून्यप्राय: छ ।सञ्चारगृह अाफै संकट र बाध्यतामा छन् । त्योभन्दा ठूलाे समस्या र संकटमा छन् श्रमजीवी पत्रकार । अब त्यस्ता श्रमजीवी जस्लाई समस्या परिसक्याे र जस्लाई तत्कालै पर्नेवाला छ-पहिचान गरी उनीहरुकाे बारेमा केही साेच्ने, गर्ने कि !


हरेक स्थानीय सरकारले अाफ्नाे क्षेत्र भित्रका पत्रकारलाई विशेष राहत प्याकेजमा समेटन सक्छन् , प्रदेश र सङ्घीय सरकारले सामाजिक सुरक्षा लगायतका पाटाेबाट सहयाेग गर्न सक्छन् । सामाजिक, व्यवसायिक, पेशागत संस्थाले सहयाेग गर्न सक्छन्-पत्रकार महासंघले समन्वय गर्नुपर्छ, गर्न सक्छ !के यस विषयमा तपाईंहरुको ध्यान गएकाे छ ? पत्रकार बाँचे मात्र पत्रकारिता बाँच्छ ।तीनै तहका सरकार, सञ्चारगृह,अन्य संस्था लगायतले याे अावाज सुन्न ढिला नगराैं ।


यसलाई अालाेचना र मजाक नबनाइदिनुहाेला ।याे बेला पत्रकारहरुकाे अवस्था तपाईंले साेचेभन्दा पीडादायी छ ।पत्रकारसंगै कसैले पनि भाेकै बस्नुपर्ने र अभावमा छट्पटाउनुपर्ने अवस्थाकाे अन्त्य हाेस् ।सचेत बनाैं, सजग रहाैं । काेराेनाविरुद्ध संगै लडाैं ।

साभार : फेसबुकबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article