स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)हल्दीबारीले गर्यो : राहत कोषमा रु ७० हजार सहयोग

नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् अति- विपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारीमा काम गर्ने कामदार र मजदुरहरुलाई राहत वितरण गर्नका लागि हल्दीबारी गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दीबारी गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवंम् कार्यकर्ताहरुबाट संकलन गरी रु ७० हजार सहयोग गरेको छ ।

Advertisement

आज चैत-२३ गते नेकपा हल्दीबारीका अध्यक्ष याम राईको नेतृत्वमा, १ न. प्रदेश कमिटी सदस्य एवंम् क्षेत्र न. ३ इन्चार्ज पुष्पराज पोखरेल, जिल्ला कार्यालय सदस्य एवंम् संविधानसभा सदस्य मोहन टुडु, जिल्ला कमिटी सदस्यहरु नारायण पोखरेल, धर्मराज शिवाकोटी, भानु दङ्गाल र स्थानीय नेताहरु सहितको टोलीले गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र उपाध्यक्ष डम्बर बहादुर गिरीलाई राहत सहयोगको चेक हस्तान्तरण गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

Advertisement

सहयोगको चेक हस्तान्तरण गर्दै नेकपा हल्दीबारीका अध्यक्ष याम राईले चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण इटाली, अमेरीका, युरोप हुँदै छिमेकी मुलुक भारत र हाल नेपालमा समेत सुरु भइसकेको हुँदा सबै सचेत र इमान्दार भई सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्नु पर्ने बताए ।

लकडाउनको समयावधि लम्बिदै जाँदा अति-विपन्न, अशक्त र दैनिक ज्यालामजदुरी गरि गर्ने घरपरिवारलाई जीविकोपार्जनमा कठिनाई हुने भएको हुँदा राहत वितरण गर्दा वास्तविक घरपरिवारहरुको छनौट गरि वितरण गर्न गाउँपालिकालाई सुझाव समेत दिए । साथै, पार्टीको तर्फबाट यो सहयोग प्रारम्भिक चरणको सहयोग भएको र आवश्यकता परे पुनः सहयोग गर्ने प्रतिबद्धता समेत अध्यक्ष राईले व्यक्त गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article