हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सजग रहौ,सुरक्षित रहेर कम्तिमा मानबियसेवाको क्षेत्रमा बिगतका सबै आग्रह ,पुर्बाग्रह बिर्सेर काम गरौ :लोकराज ढकाल

नकारात्मकता भने पनि भन्नुहोस्,पत्रकारिताको २५बर्ष जति काठमाडौंका गोरखापत्र, बिमर्श , सुरुचि,देसान्तर, बार्तालाप, जनमन्चमा रिपोर्टिङ गर्दा होस,झापाका पुर्बाअन्चल,अर्जुनधारा,नयाँ सन्दर्भ,झुल्केघाम लागातमा सस्थापक रुपमा सम्पादन गर्दा समेत कहिलै नकारात्मक समाचार लेखियेन,अन्य सस्थामा काम गर्दा पनि यो प्रवृत्तिलाई निरुत्साहित गरियो बरु एकाध घटनामा अपमानित भयेर सहियो, फेसबुकमा त कहिलै नकारात्मकता लाई स्थाननै दियेन,तर आज जसरी लिनुहोस यो सुझाब र भोगेको तितो यथार्थ हो लेख्नै पर्ने भयो कुनै ब्यक्तिलाई होइन प्रवृत्ति बिरुद्द हो, जे पर्ला पर्ला, के भयेका हाम्रा नेता,अगुवाहरु अलिकती आफै गम्भीरतापुर्बक सोचनु होस त???

Advertisement

तपाइको गेटमा १४ दिन देखि भोटे ताल्चा लागेको छ,तल्तिर मास्तिर भोक् भोकै मानिस छट्पटीमा छन यसो रेखदेख गर्नुपर्छ कि पर्दैन,खाडी, मलेसिया लागायतका बिदेशमा पति,छोरा परिवारका अन्य सदस्य भयेका परिवारलाइ बाहिर निस्केर के छ तपाईंको आफन्तको खबर फोनमा कुरा हुदैछ मात्रै भन्दा त्यो परिबारलाई कति राहात होला,सडकमा रहेको स्वास्थकर्मी, सुरक्षाकर्मीलाई के छ भाइ बहिनी मात्र भन्दा कतिखुसी होलान,उनीहरुको कति हौसला बड्ला , एक्लै निस्कदा पुलिसले समात्दैनन तपाईंलाई खुशी हुँदै उल्टै सलाम गर्छ, धेरै दिन भयो होला नमस्ते सलाम खान नपायेको त्यो पनि पूरा होला?के नेतृत्व भनेको संकटकै लागि होइन?

Advertisement

नेतृत्वको सहि मुल्यांकन संकटमा हुन्छ, ती तपाईंको भोटर,कार्यकार्ता,जनता होइन ती चै भोकभोकै मर्नुपर्ने अरुको सेवा गर्नुपर्ने तपाइचै घरमा बसेर पालिका प्रमुख,वडा अध्यक्ष,सुरक्षा निकाय,स्वास्थकर्मी,ले यसो गरो उसो गर्यो, यो हुनुपर्ने उ भयो,यो भयन?भन्ने अर्तिउपदेस, आदेश मात्रै दिने ?

आफू चै कतै ननिस्कने हिजो जस्तै भोलि चुनाब लडनु पर्ला त?तपाई चै बाचेर जनता कार्यकर्तानै सकिय भने के लडने?नडराउनुहोस मरिदैन?दुरि कायम गर्नुहोस, सजगता अपनाउनु होस,जितेका हारेका सबै ले राजनितीको नाममा लाजनिति नगर्नु होस अहिले राजनिती गर्ने बेला होइन,जितेका ले काम गर्दैछन कमि कमजोरी भय त्यसलाइ हटाउने तर्फ लाग्नु पर्छ,प्रत्यक्ष उपस्थिति भयेर सुझाव दिनुहोस् त अर्को आस्था भएकालेे पनि सहजै स्वीकार गर्दछ,खुशीनै हुनछन तर घरमा बसि बसि अडर गर्दा त समस्या आउँछ त?

याहा त आफनै भनाउदाको पनि खैरो खनाइ छ ,यो के भैराखेको हो?एक अर्का भन्ने सबैकुरा बिर्सेर अहिलेको समयमा कोरोना बिरुद्द लड्नु पर्छ कि पर्दैन?छुद्र राजनिती नगरौ,अब जनताले सबै कुराबुझेका छन,हिजो निर्वाचनमा हार्ने जित्ने दुबैले यो कठिन घडिमा मेरो तेरो होइन हाम्रो भन्नू पर्छ,त्यसैमा माहनता झल्कन्छ, भन्नू होला येसो अलिअली के हिडेको बडो सुझाव दिने ,माफ गर्नुहोस,होइन ,झापामा जितेका,हारेका संघीय,प्रदेस,पालिका प्रमुख,उपप्रमुखलगायत,बिगत र बर्तमानमा महत्त्वपूर्ण पदमा रहेका ब्यक्तिवको, टिकाटिप्पणी गाउँ घरमा सुरु हुन थालेको छ,काम बेगर लखर लखर नहिडौ, तर कमसेकम आफ्नो पालिका नभय घरवरिपरि त केहिन केही गरौ?मानबिय सेवामा हिड्ने,गाउघर जाने नेताको लागि मैले लेखेको होइन वहाहरु लाई नमन गर्दछु??

हिजो मात्रै प्रदेसका माननीय सहितको टोलि आयो झापामा भय गरियेका काम र समस्याको बारेमा छलफल भयो( ५ पार्टीका सासद थिय) नेकपाका नेता देबराज घिमिरे,गुरु बराल,नेकपा झापाका अध्यक्ष जिल्ला समन्वयका प्रमुख ,त्यस्तै काङ्ग्रेस पार्टीका मोरङ,सुनसरि, झापाका सभापति लागयत हुनुहुन्थ्यो,तेत्रो टाढाबाट आउनु भयो खोइ वाहाहरुका पनि परिवार होलान त?फेरि पनि भने यो लेखाइ ब्यक्ती लक्षित होइन प्रवृत्तिलाई हो? सजग रहौ,सुरक्षित रहेर कम्तिमा मानबियसेवाको क्षेत्रमा बिगतका सबै आग्रह ,पुर्बाग्रह बिर्सेर काम गरौ,,,,अन्त के छ मलाइ त्यति थाहा छैन ? यो बिचार झापा जिल्लाको लागि मात्रै हो,

(लोकराज ढकाल नेपाल रेडक्रस सोसाइटी झापाको सभापति हुनुहुन्छ )

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)