समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड: १८ जनाको मृत्यु, २५ घाइते

नयाँ दिल्ली, फागुन ५ – शनिबार राति करिब ९:३० बजे नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा परी १८ जनाको मृत्यु भएको छ। मृतकमध्ये १४ महिला र ३ बालबालिका छन्। घटनामा २५ भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

Advertisement

घटनाको विवरण शनिबार दिउँसो ४ बजेदेखि नै महाकुम्भमा सहभागी हुन जाने यात्रुहरू रेलवे स्टेशनमा जम्मा हुन थालेका थिए। राति करिब ८:३० बजे प्रयागराज जाने तीन वटा रेल ढिलो भएपछि स्टेशनमा भीड झनै बढ्यो। प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा चाप अत्यधिक भएपछि यात्रुहरूमा भागदौड मच्चिएको थियो।

Advertisement

प्रशासनको प्रतिक्रिया सुरुमा उत्तरी रेलवेका प्रमुख जनसम्पर्क अधिकारी (सीपीआरओ) ले भागदौडको खबरलाई अस्वीकार गर्दै यसलाई केवल हल्ला मात्र भनेका थिए। तर, दिल्लीका उपराज्यपाल वीके सक्सेनाले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका थिए। त्यसको केही समयपछि लोक नायक जय प्रकाश अस्पतालले १५ जनाको मृत्यु पुष्टि गर्यो।

प्रत्यक्षदर्शीको भनाइ प्रत्यक्षदर्शीहरूका अनुसार स्टेशन अत्यधिक भीडले खचाखच भरिएको थियो। खुट्टा राख्ने ठाउँ समेत थिएन। यात्रुहरू अत्यधिक संख्यामा ट्रेन चढ्न खोज्दा भागदौड मच्चिएको थियो। प्रहरीले मानिसहरूलाई फर्कन आग्रह गरे पनि भीड नियन्त्रण बाहिर गएको बताइन्छ।

यसअघि पनि भागदौडका घटनाहरू यसअघि जनवरी २९ मा प्रयागराज महाकुम्भमा भागदौड हुँदा ३० जनाको मृत्यु भएको थियो। फेब्रुअरी १०, २०१३ मा प्रयागराज स्टेशनमा कुम्भमेलाकै क्रममा भएको भागदौडमा ३६ जनाले ज्यान गुमाएका थिए।

नयाँ दिल्ली रेलवे स्टेशनमा भएको यो दर्दनाक घटनाले फेरि पनि ठूला भीड व्यवस्थापनको चुनौतिलाई उजागर गरेको छ। प्रशासनले भविष्यमा यस्ता घटनाबाट बच्न ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article