समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

नेपाली छात्रा प्रकृति लम्सालको मृत्युबारे अनुसन्धान गर्न ओडिसा प्रहरीले गर्यो ५ जनालाई पक्राउ

झापा । भारतको ओडिसा राज्य प्रहरीले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार तथा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युबारे अनुसन्धान गर्न एकजना महानिर्देशक, दुई निर्देशक र दुईजना सुरक्षा गार्ड गरी पाँचजनालाई मंगलवार साँझ पक्राउ गरेको ओडिसा प्रहरीले जनाएको छ ।

Advertisement

मानव श्रोत हेर्ने महानिर्देशक विानन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चमुपति र छात्राबास हेर्ने निर्देशक सुधिर रथ पक्राउ परेका छन् । प्रहरीलाई उद्धृत गर्दै ओडिसा टेलिभिजनले यो समाचार प्रशारण गरेको छ ।

Advertisement

यसअघि प्रहरीले दुईजना सुरक्षागाडई रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पक्राउ गरिसकेको छ । आत्महत्या दुरुत्साहन मुद्दामा विश्वविद्यालयका विद्यार्थी अद्विक श्रीवास्तबलाई सोमवारै पक्राउ गरेर अनुसन्धान थालिसकेको जनाएको छ ।

ओडिसा राज्यसरकारले मंगलवारै घटनाबारे छानविन गर्न उच्चस्तरयि जाँचबुझ समिति गठन गरिसकेको जनाएको छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article