हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लकडाउन वैशाख ३ गतेसम्म लम्बियो, नयाँ गर्भनरअधिकारी तोकिए

सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याई वैशाख तीन गतेसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म थियो । चैत्र ११ गते यता लकडाउनलाई सरकारले निरन्तरता दिँदै आएको हो ।

Advertisement

यस्तै बैठकले महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको पनि एक मन्त्रीले बताए । अर्थमन्त्री युवराज खतिवडाको संयोजनमा गठित समितिले बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वडेपुटी गभर्नर एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्वसचिव राजन खनाललाई सिफारिस गरेको थियो ।

Advertisement

उनीहरुमध्ये महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरिएको हो । कोभडि:१९ को रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य स्वय्मसेवीलाई खटाउने, उनीहरुलाई सहजिकरण गर्ने र त्यसका लागि प्रत्येक दिन १५ सय रुपैयाँ दिने निर्णय पनि बैठक गरेको छ ।

यस्तै निजी क्षेत्रका चिकित्सकलाई पनि उपचारमा खटाउने र त्यसबापत सरकारी चिकित्सकले पाउँदै आएको सेवासुविधा उनीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)