समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

इलामका राई बाबु -छोराको मोटरसाइकल दुर्घटनामा मृ ंत्यु

बिर्तामोड । इलामको रोङ गाउँपालिका –३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुवै बुबाछोराको मृत्यु भएको छ ।

Advertisement

आज साँझ ६ः४० बजे रोङ– ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा मोटरसाइकल .चालक सूर्योदय ६ खादीगाउँ बस्ने वर्ष अन्दाजी ४० का दीर्घ राई र पछाडि सवार उनका बुबा वर्ष अन्दाजी ७० का पवनकुमार राई गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालक दीर्घ राइको राति ८ः१२ बजे र उनका बुबा पवनकुमार राईको ८ः२१ बजे उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । दुवै जनाको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल ,टिपर, टिपर चालक माईजोगमाई –२ शान्ति चोक बस्ने वर्ष अन्दाजी ३० का खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ। टाइम अफ प्रदेशबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article