हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दीबारीको राहत कोषमा वन समुहले गर्‍यो ५७ हजार मुल्यको खाद्य सामाग्री सहयोग

विश्वभर तीव्र गतिमा फैलिएको नोवेल कोरोना भाइरस(COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् अति-विपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारी गर्ने कामदार र मजदुरहरुलाई राहत वितरण गर्नका लागि हल्दीबारी गाउँपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा श्री पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समुहले ५७ हजार मुल्य वरावरको खाद्यान्न उपलब्ध गराएको छ।

Advertisement

हल्दिवारी गाउँपालिकाको प्राङ्गणमा समुहका अध्यक्ष चिरञ्जीवी पौडेलले गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनलाई ९ क्वीन्टल चामल र १ क्वीन्टल दाल हस्तान्तरण गरेका हुन।

Advertisement

राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरि ,प्रवक्ता सागर पोर्तेल ,१ नम्बर वडा अध्यक्ष त्रिलोचन सापकोटा ,गाउँपालिका प्रशासकीय अधिकृत राजन न्यौपाने ,बन समिति सचीव भावना मैनाली र कोषाध्यक्ष हेमराज काफ्ले लगायतको उपस्थित रहेकोे थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)