समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

करेन्ट लगाएर माछा मार्ने क्रममा हल्दिबारीका एक युवाको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा करेन्ट लगाएर माछा मार्ने क्रममा हल्दिबारीका एक युवाको ज्यान गएको छ।

Advertisement

बुद्धशान्ति गाउँपालिका–१ नमुनाबस्तीस्थित दामा खोलामा शनिबार करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा हल्दिबारी गाउँपालिका–३ का अन्दाजी २० वर्षीय सुशील लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

स्थानीय झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिमा काम गर्ने लिम्बूले आफू बस्ने छाप्राबाट बिजुलीको तार जोडेर माछा मार्ने प्रयास गर्दा अचानक करेन्ट लागेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएको थियो, जहाँ राति १०ः५० बजे मृत्यु भएको पुष्टि गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article