haldibari.com
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

सडक सुरक्षा तथा दुर्घटना न्युनिकरण तालिम सम्पन्न

शान्ता उप्रेती: हल्दिबारी । प्याब्सन झापाको आयोजना तथा प्याब्सन हल्दिबारी/बाह्रदशीको सह-आयोजनामा संस्थागत विद्यालयहरूमा कार्यरत सवारी चालकहरूलाई लक्षित गरी सडक सुरक्षा तथा दुर्घटना न्युनिकरण सम्बन्धी एक दिवसीय तालिम  सम्पन्न भएको छ।
 प्याब्सन बाह्रदशीका अध्यक्ष निमेश ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रमुख अतिथि  हल्दिबारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवी थापा रहनुभएको थियो।
 बिशिष्ठ अतिथिका रूपमा ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्र नि श्री गणेश पौडेल तथा प्याब्सन जिल्ला सचिव लक्ष्मी प्रसाद उप्रेती उपस्थित रह‌नु भएको थियो भने कार्यक्रमको औचित्यमाथि जिल्ला प्याब्सन झापाका सचिव श्री लक्ष्मी उप्रेतीज्यूले प्रकाश पार्नुभएको थियो। उक्त कार्यक्रम सञ्चालन प्याब्सन हल्दिबारी अध्यक्ष याम दंगाल सराेवरले गर्नुभएको  थियो भने प्रमुख अतिथि देवी थापाज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो।
तालिममा हल्दिबारी र बाह्रदशीका संस्थागत विद्यालयहरूमा कार्यरत लगभग ६० जना भन्दा बढी सवारी चालकहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा ट्राफिक नियम, सवारी सञ्चालन गर्दा अपनाउनु पर्ने सुरक्षा उपाय, दुर्घटना न्यूनीकरणका उपाय तथा ट्राफिक सचेतनाका विषयमा जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्री गणेश पौडेलज्यूले तालिमको सहजीकरण गरी जानकारी प्रदान गर्नुभएको थियो।
सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरण तथा तालिमको आयोजना गर्न सहयोग पुर्‍याउने जिल्ला ट्राफिक  प्रशिक्षण कार्यक्रममा सहभागि सम्पूर्ण सवारी चालकहरुमा हार्दिक आभार प्रकट गरिएको थियो । ट्राफिक प्रहरीले दिएको मार्गदर्शन तथा प्रशिक्षणले संस्थागत विद्यालयहरूमा कार्यरत सवारी चालकहरूलाई जिम्मेवार र सुरक्षित यात्राका लागि विशेष जोड दिएको थियो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article