समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा पुराणको प्रसाद खाएर १६ जनामा फुडपोइजन

झापा । झापाको कचनकवल गाउँपालिका-६ बनियानीमा आयोजित पुराणको प्रसाद खाएर १६ जना फुडपोइजन भएर बिरामी परेका छन्। बिरामीमध्ये बालबालिकादेखि वृद्धवृद्धासम्म रहेका छन्।

Advertisement

फुडपोइजन भएपछि उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचारका लागि लगिएको छ। स्वास्थ्य केन्द्रका डा. दिपेन राजवंशीका अनुसार विषाक्त खाना खाँदा बिरामीहरूमा वान्ता हुने, झाडापखाला लाग्ने, पेट पोल्ने तथा उच्च ज्वरो आउने लक्षण देखा परेको छ।

Advertisement

बिरामीहरूमा इन्टापमिवा हिस्टोलाइटिका नामक कीटाणु भेटिएको जनाउँदै डा. राजवंशीले भने, “अधिकांश बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ, तर बेड तथा जनशक्ति अभावका कारण उपचारमा केही असहज भएको छ।”

पुराणमा आफन्त तथा छरछिमेकीहरू सहभागी भई प्रसाद खाएका थिए। सोही प्रसादका कारण उनीहरूमा फुडपोइजन देखिएको हो। स्वास्थ्यकर्मीहरूका अनुसार बिरामीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article