समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

प्रतिबन्धित लागुऔषध तथा मोटरसाइकलसहित पाँच जना पक्राउ

झापा, २०८१ फागुन १५। झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ५ मेचि पुलस्थित लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टा र अस्थायी प्रहरी चौकी मेचिबिट झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका पाँच जनालाई पक्राउ गरेको छ। शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो।

Advertisement

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिएर २०८१ फागुन १८ गते झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको छ।

Advertisement

पक्राउ परेका व्यक्तिहरू तथा बरामद लागुऔषधको विवरण:

१. प्रेमा तामाङ (२२ वर्ष), अर्जुनधारा नगरपालिका वडा नं. ५, झापा

  • मोटरसाइकल नं.: मे १० प ५६४७
  • बरामद ब्राउन सुगर:
    • प्लास्टिक सहित: १ ग्राम १६ मिलिग्राम
    • प्लास्टिक बाहेक: १ ग्राम १ मिलिग्राम

२. दिपेन्द्र खापुङ (२६ वर्ष), भद्रपुर नगरपालिका वडा नं. ९, झापा

  • मोटरसाइकल नं.: मे ४ प ५९९७
  • बरामद ब्राउन सुगर:
    • प्लास्टिक सहित: १ ग्राम ३८ मिलिग्राम
    • प्लास्टिक बाहेक: १ ग्राम १३ मिलिग्राम
  1. सन्जय राई (२३ वर्ष), दमक नगरपालिका वडा नं. ४, झापा
    • पैदल यात्रा गर्दै गरेका
    • बरामद ब्राउन सुगर:
      • प्लास्टिक सहित: २ ग्राम ६७ मिलिग्राम
      • प्लास्टिक बाहेक: २ ग्राम २८ मिलिग्राम

४. रोमन श्रेष्ठ (२६ वर्ष), माई नगरपालिका वडा नं. १, इलाम

  • मोटरसाइकल नं.: मे २ प ६४१९

५. कृष्ण बहादुर बुढाथोकी (४६ वर्ष), इलाम

  • रोमन श्रेष्ठसँग सोही मोटरसाइकलमा सवार
  • बरामद ब्राउन सुगर:
    • प्लास्टिक सहित: १ ग्राम ९२० मिलिग्राम
    • प्लास्टिक बाहेक: १ ग्राम ५७० मिलिग्राम

प्रहरीले पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागुऔषध कारोबार तथा ओसारपसार सम्बन्धी कानुनी कारबाही अगाडि बढाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article