समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मोरङमा युवक–युवतीको एउटै डोरीमा झुन्डिएको अवस्थामा शव फेला

मोरङको पथरीशनिश्चरेमा मंगलबार एक युवक र युवती एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारको रुखमा उनीहरूको शव भेटिएको हो।

Advertisement

इलाका प्रहरी कार्यालय पथरीका अनुसार मृतकहरू २४ वर्षीय अजय टुडू र २२ वर्षीया जुबामुनी हस्दा हुन्। जुबामुनी झापाको गौरीगन्ज गाउँपालिका–२ की हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरू प्रेम सम्बन्धमा रहेको हुनसक्ने र केही कारण आत्महत्या गरेजस्तो देखिएको प्रहरीले जनाएको छ।

Advertisement

विवाहित युवक–युवतीको आत्महत्या प्रहरीका अनुसार दुवै जना विवाहित थिए। मृतक महिलाका श्रीमान् कान्छा टुडू वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन् भने अजय टुडूकी पत्नी र उनका ४ तथा २ वर्षका दुई छोरा घरमै छन्। अनुसन्धानका क्रममा अजयले गत आइतबार राति जुबामुनीलाई आफ्नै घरमा ल्याएको खुल्न आएको छ।

प्रहरी अनुसन्धान जारी घटनाको विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालले बताएका छन्। प्रारम्भिक अध्ययनमा यो घटनालाई आत्महत्या ठानिएको भए पनि अन्य कोणबाट समेत अनुसन्धान भइरहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article