राजनीति
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

प्रधानमन्त्री ओलीको पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लड्ने चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न खुला चुनौती दिएका छन्। बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफूलाई लोकप्रिय ठान्ने शाहलाई प्रत्यक्ष प्रतिस्पर्धामा आउन आग्रह गरे।

Advertisement

ओलीले भने, “यदि उहाँलाई लाग्छ कि लोकप्रिय हुनुहुन्छ भने, चुनाव लड्नुस्। नेपालमा हिमाल, पहाड, तराई जहाँबाट पनि चुनाव लड्न पाइन्छ। २०८४ को चुनावमा प्रतिस्पर्धा गर्न आउनुस्।”

Advertisement

प्रधानमन्त्री ओलीले नेपालमा जन्मदै कोही राजा हुने र कोही रैती हुने दिन सकिएको स्पष्ट पार्दै भने, “हाम्रो संविधानले राजा चिन्दैन। अब राजा भएर रैती बनाउने सपना देख्नुपर्ने कुनै आवश्यकता छैन।”

ओलीले नेपालको वर्तमान व्यवस्था लोकतान्त्रिक संविधानमार्फत स्थापित भएको भन्दै अब कोही व्यक्ति आफूलाई राजा ठानेर शासन गर्न नपाउने बताए। उनले देशमा लोकतन्त्र सुदृढ गर्दै आर्थिक विकासतर्फ सरकार केन्द्रित रहेको उल्लेख गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article