समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

हल्दिबारी गाउँपालिकाको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला हक अधिकार सम्बन्धि बेइजिङ घोषणा पत्रले समेटेका बाह्र प्रतिबद्धता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको अध्यक्षता एवं पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा मेचे तथा सन्थाल नित्य समेत प्रस्तुत गरिएको थियो ।

Advertisement

कार्यक्रममा अधिवक्ता कविता पाठक बास्तोलाले महिला हकहित र बेइजिङ घोषणा पत्रमा उल्लेख बिषयहरुको बारेमा उपस्थित सहभागीहरुलाई अभिमुखिकरण गर्नु भएको थियोे ।

हल्दिबारी गाउँपालिका भित्रका १५० भन्दा बढी विभिन्न संघ- संस्थाको प्रतिनिधित्व गर्दै महिला अधिकार कर्मी दिदिबहिनीहरुको सहभागिता रहेको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले भाषणमा मात्र अधिकारका कुरा गरेर नहुने बताउदै । अधिकारका कुराले समाजमा देखिएको समस्या समेत अन्त्य गर्न जरुरी रहेको जिकिर गर्नु भएको छ ।

हल्दिबारी गाउँपालिका सभाहलमा आयोजना गरिएको कार्यक्रममा विभेदको अन्य कसरी गर्न सकिन्छ र जरुरी रहेको छ भन्ने विषयमा सानो नाटक समेत प्रस्तुत गरिएको थियोे । उक्त अवसरमा पालिकाले महिला दिदिबहिनीहरुलाई नौवती बाजा समेत प्रदान गरिएको थियो ।

महिला तथा बालबालिका बिकास शाखाको आयोजना गरिएको अभिमुखिकरणमा स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले गर्नु भएको कार्यको सहजीकरण तृष्णा थापाको रहेको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article