समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जनकपुरबाट काठमाडौं उडेको बुद्ध एयरको अगाडिको एउटा पांग्रा जनकपुरमै छोडीयो

काठमाडौं – बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ।

Advertisement

जनकपुर विमानस्थलबाट ४:३९ बजे उडेको एटीआर ७२ जहाज काठमाडौंमा ५:०६ बजे अवतरण हुँदा अगाडिको दुईमध्ये एउटा नोज ह्वील हराइरहेको पाइएको छ। चालक दलले उडानभरि यसको जानकारी नपाए पनि जहाज सुरक्षित रूपमा अवतरण भएको हो।

Advertisement

अवतरणपछि जहाजको पांग्रा हराएको विषयमा काठमाडौं विमानस्थलमा खैलाबैला मच्चिएको थियो। पछि जनकपुर विमानस्थलमा जाँच गर्दा हराएको पांग्रा धावनमार्गमै फेला परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जहाजको अवस्थाबारे कुनै आधिकारिक जानकारी नभएको बताए। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले अवतरणपछि मात्र पांग्रा हराएको पत्ता लागेको जानकारी दिए।

“ल्यान्डिङ गेयरको नोटिफिकेशन ककपिटमा नआएको र कुनै इन्डिकेटरले सूचित नगरेकाले एउटा पांग्राले मात्रै भए पनि जहाज सकुशल अवतरण गर्‍यो,” उनले भने। हाल उक्त जहाजलाई ग्राउन्डेड गरी जाँच भइरहेको छ।

उक्त उडानमा ६२ जना यात्रु सवार थिए, जसले कुनै अप्रिय घटना बेहोर्नु परेन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article